neapl investment mega bank

राताे मच्छिन्द्रनाथको रथयात्रा

May 1st, 2025

ललितपुर, बैशाख १८

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार सुरु भएको छ । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइन्छ ।

सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।