neapl investment mega bank neapl investment mega bank

रेशम चौधरी पक्राउ

Apr 30th, 2025

काठमाडौं, बैशाख १७

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ ।

चौधरीलाई यसअघि २० वर्षको जेल सजाय तोकिएको भए पनि राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।

प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेश दिएको छ ।