neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

Apr 29th, 2025

काठमाडौं, बैशाख १६

काठमाडौं महानगरपालिकाका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । त्यस क्रममा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षताा बढाउँदै लगिएको बताए ।

‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ’ पाण्डेले भने ।