काठमाडौं, बैशाख १६
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहीले शिक्षक र चिकित्सकको माग पूरा गर्न नसेकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन्।
शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाउँदै उनले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको बताए ।