neapl investment mega bank

होमनाथ सुवेदी सम्मानित

Apr 28th, 2025

काठमाडौं, वैशाख १५

नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६ औं कविता यात्रामा अमेरिका निवासी वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई “ज्योति साहित्य सम्मान” प्रदान गरिएको छ। नयाँ बानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सुवेदीले नेपाली भाषा, साहित्य , कला र संस्कृतिलाई अन्तरास्ट्रियकरण गर्न सं रा.अमेरिका बसेर खेल्नु भएको नेतृत्वदायी भूमिकाको लागि सम्मानित गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ। कार्यक्रममा सम्पूर्ण अतिथिहरूले कविता वाचनसमेत गरेका थिए।

कार्यक्रमको सभापतित्व मणिराज सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई उपस्थित थिए। विशेष अतिथिहरूमा शिखर सम्मेलन कवि शैलेन्द्र साकार, डा. विष्णु बिभु घिमिरे, अमेरिका निवासी साहित्यकार होमनाथ सुवेदी, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, नरेन्द्र बहादुर श्रेष्ठ, ज्ञानुवाकर पौडेल, नेपाली लेखक संघका उपाध्यक्ष डा शशी थापा, रवीन्द्र आशिष शैली, राज बाबु श्रेष्ठ सागर र प्रा. डा. गोविन्द मान सिंह उपस्थित थिए।

कार्यक्रममा अतिथिका कवि तोयानाथ सुवेदी, सुप्रियाञ्जली घिमिरे, इन्दिरा चापागाईं, दिनेश कुमार शर्मा, मधुसुधन प्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा विष्णु बिभु घिमिरे, डा पद्मा अर्याल, अन्चु सुवेदी, राजेन्द्र घिमिरे सागर, सुनिता अधिकारी, रमा वली, पुष्कर लोहनी, दिनेश कुमार शर्मा, संगीता खरेल, देवेन्द्र नेपाल, हारित कुमार रेग्मी, नीरा श्रेष्ठ , कृपा पराजुली, युनाल नारायण पन्त, सरिता बजगाई पन्त, उषा आचार्य, अनन्त नारायण पन्त, किशन पौडेल, देवेन्द्र नेपाल, यमुना न्यौपाने , संगीता खरेल, लक्ष्मी प्रधान, भुवन सिवाकोटी, शिरोमणि चौधरी, जीएनके खडेरी, देवेन्द्र ओली, केदार प्रसाद मैनाली, डा शशी थापा पण्डित, अमर अधिकारी लगायतले कवितावाचन गरि सहभागीता पनि जनाए ।
कार्यक्रमको विशेष आकर्षण स्वरूप युवा साहित्यकार सुनिता अधिकारीको यसै महिना परेको २०औँ जन्मोत्सव मनाएर सबैले शुभकामना दिए। अतिथिहरूले कविता, मुक्तक, गजल वाचन गरेर साहित्यिक वातावरणलाई झनै सजीव बनाएका थिए। कार्यक्रमको सञ्चालन उषा आचार्यले गरेकी थिइन्।

यो कार्यक्रम ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशन प्रा. लि., काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।