काठमाडौं, बैशाख ११
नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त समानुपातिकतर्फका सांसद हुन् ।