neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

Apr 23rd, 2025

काठमाडौँ, बैशाख १०

यही वैशाख २० देखि २२ गते सम्म ( मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ।

“निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ।  एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,”   प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले भन्नु भयो।  उहाँले संघको विधानको मर्म तथा  उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने पनि जनाउनु भयो।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि  वरिष्ठ अधिवक्ता घिमिरे  प्रमुख निर्वाचन आयुक्त  र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।  महाधिवेशन मा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ।

उच्चस्तरीय समितिले सोमबार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो।