काठमाडौं, बैशाख ९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।
आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।