काठमाडौं, बैशाख ८
इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो ।
उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएको छ । भ्याटिकन सिटीले एक वक्तव्यमार्फत उनको निधन भएको जानकारी दिएको छ ।
गम्भीर बिमारी भएपछि आराम गरिरहेका उनले आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएका थिए।
त्यसको ठीक एक दिनपछि उनको निधन भएको हो। उनी ३८ दिन अस्पताल बसेर गत मार्च २३ मा डिस्चार्ज भएका थिए।