काठमाडौं, चैत २९
विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आपनो लोकप्रिय वाई-सिरिज अन्तर्गतको नयां स्मार्टफोन भिभो वाई-२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्ते सफल रहेको भिभो वाई-२८ को उत्तराधिकारीको रूपमा आएको हो।
भिभो वाई-२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो। प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ-ग्लोस फ्रेम मा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ ।
यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५०० एमएएच पावरफुल ब्याट्री हो, जसमा ४४ वाट पत्यास चार्ज सुविधा छ । Anti-Drop Armor Design Schott a Glass को प्रयोगले यसलाई अल्ट्रा-रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रेगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ + ८ जि वी को विस्तारित ऱ्यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किट र ल्याग फ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ।
मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो। यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्टज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० % अडियो बुस्ट सहितको हुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् ।
नयाँ प्रस्ताका प्रयोगकर्ताहरूको सबै आवश्यकतालाई ध्यानमा राख्दै, भिभो वाई-२९ छिट्टै नेपाली बजारमा आगमन गर्न लागेको छ यसपटक अझ धेरै शक्ति, स्मार्ट फिचरहरू सहित ।