काठमाडौं, चैत २८
हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।
पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।