काठमाडौं, चैत २७
नेपालभरका उपभोक्ता र व्यापारीहरूको लागि नयाँ युगको सुरुवात गर्दै, फोनपोइन्ट्स र IMS सफ्टवेयर बीचको सहकार्यले २०,००० भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु गरेको छ।
यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन केवल एक कोड देखाउनुहोस् र तुरुन्तै बिलमा छुट हुनेछ।
सुरुवाती छुट अफरहरू यस्ता छन्ः Salesberry का सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुङ्गा शाखाहरूमा रु. २०० छूट, Baltra का सबै उत्पादनमा १२% छुट, निम्न स्थानहरूमा फूड एण्ड ड्रिड्क्समा १५% छूट: Pizza World -Pizza Planet Caffeophilia Bodhi Books & Bakes – The Ai-La Lounge, Jeanswest मा सबै फेशन आइटममा १५% छुट, Sundown माः Free Tandoori Platter, Full Chicken Tandoori, Steam Chicken Momo, वा रु. ५०० बराबरको भौचर, Helmets Nepal माः १०% छुट वा Free Product यो त केवल सुरुवात मात्र हो ।
भविष्यमा IMS सफ्टवेयरमा थप मर्चेन्टहरूलाई समावेश गर्दै, फोनपोइन्ट्स प्रयोगकर्ताहरूलाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइनेछ।
कसरी छुट पाउने?
ग्राहक र व्यापारीहरूका लागि यसले के अर्थ राख्छ?
तुरुन्तै छुटः अब, Fonepoints Apps प्रयोग गरेर ग्राहकहरूले Code देखाएर तुरुन्तै छुट प्राप्त गर्न सक्नेछन्।
सजिलो प्रक्रियाः कुनै जटिलता वा अतिरिक्त पुष्टि प्रक्रियाबिना, ग्राहकहरूले सरल र छिटो छूट प्राप्त गर्ने अवसर पाउनेछन्।
व्यवसायको लागि दक्षताः म्यानुअल प्रक्रियाहरू हटाएर व्यापारीहरूलाई छिटो र प्रभावकारी बिलिङ प्रक्रिया प्रदान गरिनेछ, जसले उनीहरूको कार्य क्षमता बढाउँछ।