neapl investment mega bank
  • गृहपृष्ठ
  • रूद्र प्रसाद रिजाल बिष्णु कुमारी रिजाल स्मृति पुरस्कार कोषको कार्यक्रम

रूद्र प्रसाद रिजाल बिष्णु कुमारी रिजाल स्मृति पुरस्कार कोषको कार्यक्रम

Apr 8th, 2025

काठमाडौं, चैत २६

“रूद्र प्रसाद रिजाल बिष्णु कुमारी रिजाल स्मृति पुरस्कार कोष”को कार्यक्रम मकवानपुरमा भब्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा बैदिक सस्कृत गुरूकुल वानप्रस्थ आश्रमलाई रू पचास हजार राशी सहित सम्मान गरिएको हो।गुरूकुलमका शिष्य हरूबाट स्वस्तीवाचन गरी उदघाटन गरीएको उक्त कार्यक्रम ज्येष्ठ सम्मानित ब्यक्तित्व पदम बहादुर ढुंगानाको प्रमुख आतिथ्यमा, कोषका अध्यक्ष आर, सि रिजालको अध्यक्षतामा सम्पन्न भएकोछ।

कोषका सचिव कल्पना रिजाल पाण्डेले कोषको उदेश्य सनातन धर्म संस्कृति को उत्थान, सस्कृत भाषा ,साहित्यको विकास रहेको र निरन्तर सोही अनुरूप अघि बढिरहेको बताउनुभयो। वहाले “धर्म एव हतो हन्ती धर्मो रक्षति रक्षित: । तस्माद धर्म न तज्यामि मा नो धर्मो हतोsबधीत “। धर्मको नाश गर्ने नाश हुने र धर्मको रक्षा जसले गर्छ त्यसको रक्षा हुने बताउनुभयो।

कार्यक्रममा बिभिन्न बक्ताहरु सुधा पौडेल, सिताराम बर्तौला,अन्जना उपाध्याय बिमला रिजाल लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम अनिता शर्माले सन्चालन गर्नुभएको थियो। बिभिन्न साहित्यकार हरूले रचना वाचन गरेको उक्त कार्यक्रममा बैदिक गुरूकुलमका गुरू शिष्यहरू लगायत स्थानीय जनताहरूको उपस्थिति थियो।