neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिले पाए तलब

काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिले पाए तलब

Apr 7th, 2025

काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले तलब पाएका छन्। 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूको तीन महिनादेखि तलब सुविधा रोकिएको थियो।

सोमबार महानगरका कर्मचारी र जनप्रततिनिधिहरूले तलब पाएको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए। 

बिहीबार उपमेयर सुनिता डंगोल र जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएका थिए।