neapl investment mega bank neapl investment mega bank

रवि लामिछाने कारागार चलान

Apr 7th, 2025

काठमाडौं, चैत २५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।

अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।