neapl investment mega bank
  • गृहपृष्ठ
  • किया एक्सचेन्ज कार्निभल गैरीधाराको सिल्भर ओकमा सुरु६ लाखसम्मको एक्सचेन्ज बोनस र ६ लाखकै नगद डिस्काउन्ट पाउने अवसर

किया एक्सचेन्ज कार्निभल गैरीधाराको सिल्भर ओकमा सुरु६ लाखसम्मको एक्सचेन्ज बोनस र ६ लाखकै नगद डिस्काउन्ट पाउने अवसर

Apr 4th, 2025

काठमाडौं, चैत २२

नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कार्निभलका अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका गाडी लिन सकिने कम्पनीले जनाएको छ ।

कार्निभलमा कियाका गाडीहरुको टेस्ट ड्राइभमा सहभागीका लागि कम्पनीले विशेष उपहारको व्यवस्था गरेको छ । कार्निभलमा एक्सचेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले बिक्री गर्ने गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा आफैंले बेहोर्ने नीति लिएको छ ।

कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन पाउने र एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सक्नुहुनेछ ।

कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरुले विश्वबजारमा ख्याति कमाएका छन् ।

कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा इभी६ र इभी९ प्रस्तुत गरेको छ ।