काठमाडौं, चैत २०
गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो ।
दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।