neapl investment mega bank
  • गृहपृष्ठ
  • मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

Apr 2nd, 2025

काठमाडौं, चैत २०

मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित नेपाली सेनाको टोली आज मिति २०८१ चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको छ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम्, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना काे मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमार तर्फ प्रस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ ।