neapl investment mega bank
  • गृहपृष्ठ
  • वित्तीय पीडितको आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

वित्तीय पीडितको आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

Apr 2nd, 2025

काठमाडौं, चैत २०

वित्तीय पीडितहरुको आन्दोलनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको आइतबारदेखि शुरू भएको शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनले सहकारी पीडित, लघुवित्तबाट ठगिएका गरिब जनता, बैंकिङ धोखाधडीका शिकार परिवार एवं अन्यायको आगोमा जलिरहेका सम्पूर्ण वित्तीय पीडितहरूको आवाज बन्ने महतोले विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालको पहिलो केन्द्रीय समिति बैठकले सहकारी पीडित, वित्तीय तथा लघुवित्त पीडित, बैंक पीडित लगायतका विभिन्न खाले वित्तीय शोषणविरुद्ध न्यायपूर्ण संघर्षलाई अगाडि बढाउने निर्णय गरे बमोजिम वित्तीय पिडीतहरुको यस ऐतिहासिक संघर्षमा आफ्नो पनि एक्यबद्धता रहेको उनले जनाए ।