neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

Mar 30th, 2025

काठमाडौं, चैत १७

विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकबाट नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका निम्ति उक्त वित्तीय सहायता दिने निर्णय गरिएको हो ।

सडक विभागमार्फत परिचालन गरिने उक्त सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ । पुलहरूको मर्मतसम्भारमा समेत रकम उपयोग गरिनेछ । नेपाललाई दिइने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निम्ति क्षेत्रीय निर्देशक डेविड सिस्लेनले जानकारी दिए ।

रणनीतिक सडक विस्तारले बजार र सेवासम्मको पहुँचमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । विश्व बैंकका अनुसार, यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्न समेत सघाउ पुग्नेछ ।