neapl investment mega bank
  • गृहपृष्ठ
  • नेवाः राष्ट्रिय परिषद् र स्वनिगः विशेष व्यूरोद्वारा हिंसाको निन्दा, कडा प्रतिकारको चेतावनी

नेवाः राष्ट्रिय परिषद् र स्वनिगः विशेष व्यूरोद्वारा हिंसाको निन्दा, कडा प्रतिकारको चेतावनी

Mar 29th, 2025

काठमाडौं, चैत १६

नेवाः राष्ट्रिय परिषद् र स्वनिगः विशेष व्यूरोले हिजो चैत्र १५ गते नेपाः मण्डलको तीनकुनेमा राजतन्त्रवादी प्रदर्शनकारीहरूले गरेको हिंसाको कडा निन्दा गरेका छन्। उक्त प्रदर्शनमा नेवाः समुदायका सविन महर्जन र पत्रकार सुरेश रजकको हत्या भएको, साथै प्रेमलाल श्रेष्ठलगायतका स्थानीयको सम्पत्तिमा तोडफोड र आगजनी भएको भन्दै संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।