neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै 

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै 

Mar 29th, 2025

काठमाडौं, चैत १६

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । 

दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको हो ।