neapl investment mega bank

तीनकुनेमा गोली लागेका एक जनाको मृत्यु

Mar 28th, 2025

काठमाडौं, चैत १५

काठमाडौंमा राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको जानकारी गृह मन्त्रालयले साँझ आयोजित पत्रकार सम्मेलनमा दिएको हो।

आन्दोलनका क्रममा स्थिति नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो। गोली लागेर घाइते भएका महर्जनको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।