neapl investment mega bank
  • गृहपृष्ठ
  • पानस हर्वल उद्योगका प्रोडक्टहरु बजारमा लोकप्रिय

पानस हर्वल उद्योगका प्रोडक्टहरु बजारमा लोकप्रिय

Mar 28th, 2025

काठमाडौं, चैत १५
जडिबुटीजन्य प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको पानस हर्वल उद्योगले पछिल्लो समय ब्लाक वयल, केश रानी र मसाज वयल जस्ता उपभोक्तामैत्री उत्पादनहरु बजारमा ल्याएको छ । अत्यन्त अग्र्यानिक प्रोडक्टहरु ल्याइरहेको पानसका ती उत्पादनहरुले बजारमा राम्रो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । पानसको पछिल्लो उत्पादन ब्लाक वयल कपाल झर्न रोक्न, कपालमा भएका चाँया हटाउन र कसै—कसैलाई कपाल समेत उम्रान सफल भएको कम्पनीले जनाएको छ । ४५ वटा अग्र्यानिक जडिबुटीबाट बनेको सो तेलको बजारमा माग बढीरहेको कम्पनीले बताएको छ । त्यसलाई विदेशबाट पनि अर्डर आइरहेको कम्पनीका प्रबन्ध निर्देशकले बताएका छन् ।

त्यसैगरी पानसको अर्को हर्वल उत्पादन ‘केश रानी’ खासगरी कपाल उम्रान मद्धत गर्ने प्रोडक्ट भएको कम्पनीले बताएको छ । सो प्रोडक्टले कपाल झर्न पनि रोक्ने र कपालको सुन्दरता बढाउने छ । सो प्रोडक्ट प्रयोग गर्ने धेरै मानिसहरु सन्तुष्ट रहेको कम्पनीले बताएको छ । कम्नीका प्रबन्ध निर्देशक एन.के भुषालले भने ‘हाम्रा प्रोडक्टहरुको ग्राहक प्रतिक्रिया राम्रो छ । हामी औषधी ब्यवस्था विभागमा दर्ता भएको कम्पनी पनि हौं । हामी ती प्रोडक्टहरुको बृहत उत्पादनमा अब जान्छौ’ ।

पानसको मसाज वयल पनि बजारमा त्यत्तिकै लोकप्रिय रहेको छ । जसले शरिरको सम्पुर्ण जोर्नी दुखाइ, बाथरोगको दुखाइ, युरिक एसिडको दुखाई, मासंपेशीको दुखाई, नसाा झमझम गर्ने समस्या लगायतमा महत्वपुर्ण काम गर्दै आएको छ । शरिरका धेरै समस्याहरुमा मसाज वयल फलदायी हुने भुसालले बताए ।

यस कम्पनीको उत्पादन बाँके जिल्लाबाट हुँदै आएको छ भने बजार प्रबद्धनको काम चाबहीलमा रहेको कर्पोरेट कार्यालयबाट हुँदै आइरहेको प्रबन्ध निर्देशक भुसालले बताए ।