neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

Mar 26th, 2025

काठमाडौं, चैत १३

जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराकाका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ। उनलाई बै‌किङ कसुर सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार उनको विषयमा थप अनुसन्धान भइरहेको छ।