neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकद्वारा Global Money Week 2025 कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा Global Money Week 2025 कार्यक्रम सम्पन्न

Mar 25th, 2025

काठमाडौं, चैत १२

नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनी एभरेष्ट बैंकले मिति २०८१/१२/०४ देखी सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week 2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कूल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरु बिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराइएको छ

Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने साबधानीका विषयहरुमा

सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिव १४ लाख मन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा सजाल, एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु १६७ ATM छन् । विश्वव्यापी नेटवर्कबाट अत्यावनिक मोबाइल, इन्टरनेट र SMS बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगाएत अन्य मत्कमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।