neapl investment mega bank
  • गृहपृष्ठ
  • दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर

दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर

Mar 24th, 2025

काठमाडौं, चैत ११

अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हांसिल गर्न चाहने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै आएको । बिगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया ,क्यानडा,यू के,अमेरिका,डेनमार्क,न्यूज ल्याण्ड, फिन ल्याण्ड र यूरोप लगायत अन्य देशहरूमा उच्च शिक्षा लिन जान चाहनु हुने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै भिषा सम्बन्धि सम्पूर्ण काम गर्दै आइरहेको छ ।

ब्राण्ड ऐम्बेष्डरको रूपमा नियुक्त भएपछि अभिनेत्री दिब्या रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासंग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन -‘ शैक्षिक बिधामा आफूले जानेको ज्ञान र अनुभब बिध्यार्थीहरूसंग बांड्ने छु । साथै बिध्यार्थीहरूसंग सहकार्य गर्ने छु -‘ रायमाझीले भनिन ।

यसैबीच यूबा पुस्ता माँझ चर्चित अभिनेत्री आफ्नो संस्थामा आबद्द भएपछि संस्थाको गरिमा बढेकोमा संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले प्रसन्नता ब्यक्त गरे । ब्राण्ड एम्बेष्डरका रूपमा नियुक्त भएपछी अब दिब्या रायमाझीले संस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन । यसैबीच अभिनेत्री दिब्या रायमाझीको उपस्थितिमा मार्च २७ तारेखका दिन सस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।