neapl investment mega bank
  • गृहपृष्ठ
  • “महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसै अभियान २०२४” को विजेताहरु घोषणा

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसै अभियान २०२४” को विजेताहरु घोषणा

Mar 23rd, 2025

काठमाडौं, चैत १०

महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सन्चालन गरेको ” नेपाल दसै अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ।

नेपालीहरुको महान चाड दसैमा हने आर्थिक कारोवारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो। बिजेतहरु क्रमश: नारायण कार्की र सन्तोष ध्वज काकी रहनुभएको छ। यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो। यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिनुभए‌का तथा विजेता बन्न सफल हुनु‌भएका प्रयोगकर्ताहरुलाई सस्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।