नेपाल राष्ट्र हाम्रो हो हामी यसका सन्तती हौ
हामिले नै हाम्रो राष्ट्र बनाउने छौ
हामिले देशको लागि केही गरेनौ भने कसले गर्छ
यो मुलुकको भविस्यको रेखा कसले कोरिदिन्छ
अब हामी सबैमा चेतना हुनुपर्छ
हामी सबै एक भएर उठनुपर्छ
हामीले हाम्रो आवाज उठाउनुपर्छ
क्रान्तिको नयाँ बाटोमा हिडनुपर्छ
प्राण भन्दा प्यारो देश धेरै मन पर्छ
यहि माटोमा जिन्दगी बिताउन मन छ
मेरो देश , मेरो गाउँ प्रती गर्व छ
मेरो देश स्वर्ग भन्दा पनि महान छ
नेपाल राष्ट्र हाम्रो हो हामी यसका सन्तती हौ
हामिले नै हाम्रो राष्ट्र बनाउने छौ
हामिले देशको लागि केही गरेनौ भने कसले गर्छ
यो मुलुकको भविस्यको रेखा कसले कोरिदिन्छ
– लेखक स् गोबिन्द राज ओझा (राजन)