neapl investment mega bank
  • गृहपृष्ठ
  • पुल्चोक र भैंसेपाटी क्षेत्रमा दुई महिना प्रदर्शन र सभा गर्न निषेध

पुल्चोक र भैंसेपाटी क्षेत्रमा दुई महिना प्रदर्शन र सभा गर्न निषेध

Mar 16th, 2025

ललितपुर, चैत ३

जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पुल्चोकस्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपास निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार जारी गरेको आदेशमा उल्लेख छ।

दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो। उक्त क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ।