काठमाडौं, फागुन २७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत महानगरलाई जरिवाना बुझाएको जानकारी दिएका हुन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा भेला भएका राजावादीहरूले सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो।