neapl investment mega bank
  • गृहपृष्ठ
  • सांसद आलेको प्रश्नको उत्तर दिँदै भौतिकमन्त्री दाहालले भन्नुभयो ‘बानेडुंग्रीसैनमा समयमा पक्की पुल बनाउन निर्देशन दिएको छु’

सांसद आलेको प्रश्नको उत्तर दिँदै भौतिकमन्त्री दाहालले भन्नुभयो ‘बानेडुंग्रीसैनमा समयमा पक्की पुल बनाउन निर्देशन दिएको छु’

Mar 7th, 2025

काठमाडौँ, २३ फागुन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल समयमा नै सम्पन्न गर्ने निर्देशन दिएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभामा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले सुन्य समयमा गरेको ध्याकर्षणको जवाफ दिँदै मन्त्री दाहालले सो कुरा बताउनु भएको हो । यसअघि यही फागुन ४ गते प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद आलेले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल ठेक्का लागेको १० वर्षसम्म पनि २५ प्रतिशत काम मात्र सम्पन्न नभएको बताउँदै असन्तुष्ट ब्यक्त गर्नु भएको थियो ।

उहाँले पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको गुनासो राख्नु भएको थियो ।
उक्त कुराको जवाफ दिदै मन्त्री दाहालले आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो ।

उहाँले भन्नुभयो, “यस कुरामा ध्यानाकर्षण भएको छ । यो आयोजनाको तत्काल निर्माण कार्य अगाडि बढाई समयमा सम्पन्न गर्ने प्रतिपद्दता ब्यक्त गर्ने चाहान्छु । समयमा नै सम्पन्न गर्ने निर्देशन समेत दिएको छ ।”

उक्त पुल निर्माण कम्पनी पुष्प राजेन्द्र जेभी हो । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा कांग्रेस जिल्ला सभापति हुनु हुन्छ । उहाँले उक्त आयोजना राजनीतिक आडमा अलपत्र पारेको स्थानीयको आरोप छ ।