neapl investment mega bank
  • गृहपृष्ठ
  • रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

Mar 6th, 2025

काठमाडौं, फागुन २२

गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायक रुद्रसेन भन्छन्, “होली पर्वमा झुम्न चाहने सबैलाई यो गीत मनपर्नेछ ।”