काठमाडौं, फागुन २१
बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट तीनवटा अध्यादेश स्वीकृत भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ गते जारी गरेका चारमध्ये तीनवटा अध्यादेश एकै दिन संघीय संसद्को तल्लो सदनबाट स्वीकृत भएका हुन् ।
यी अध्यादेशलाई लिएर प्रतिपक्षी दलहरूले अस्वीकारको प्रस्ताव राखे पनि बहुमतले तीनैवटा स्वीकृत भएका हुन् ।
बधुबार पछिल्लो पटक निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । प्रतिनिधि सभाको बैठकले यो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।