neapl investment mega bank

फोनपेको ‘सक्षम नारी’ अभियान

Mar 5th, 2025

काठमाडौं, फागुन २१

भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ। 

जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित छ।

यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो।

महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्त्वपूर्ण रहेको छ र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरूलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ।

‘सक्षम नारी’ अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु हो।