neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

Mar 4th, 2025

काठमाडौं, फागुन २०

अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रु तीन अर्ब ८४ करोड निकासा गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रु तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रु ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रु २४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।