neapl investment mega bank
  • गृहपृष्ठ
  • सेवन्तक पोखरेल कृषि विकास बैंक संचालक समितिको सदस्यमा नियूक्त

सेवन्तक पोखरेल कृषि विकास बैंक संचालक समितिको सदस्यमा नियूक्त

Mar 2nd, 2025

काठमाडौं, फागुन १८

नेपाल सरकार (माननीय उपप्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा श्री सेवन्तक पोखरेल मनोनयन हुनु भएको छ ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सेवन्तक पोखरेललाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।