neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसेलले ल्यायो ८ जिबीसम्म बोनस डेटा पाइने नयाँ अफर 

एनसेलले ल्यायो ८ जिबीसम्म बोनस डेटा पाइने नयाँ अफर 

Mar 2nd, 2025

काठमाडौं, फागुन १८

एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रूपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन्।

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत ग्राहकहरूले रिन्युअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जिबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन्।

यो अफर फागुन १५ गतेदेखि लागु भएको छ। अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्युअल प्याक हालैमात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो। 

यो बोनस अफर*१२३# डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुनेछ।

म्याजिक रिसोर्सेज बोनस अफर अन्तर्गत सधैं अन रिन्युअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन्।