neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय घर निर्माण फेस्ट २०८१ मा नेपाल इको प्यालन सहभागी  

राष्ट्रिय घर निर्माण फेस्ट २०८१ मा नेपाल इको प्यालन सहभागी  

Mar 1st, 2025

काठमाडौं, फागुन १७

स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरूके बिषयमा समेत छलफल गर्ने गरी सुरु भएको महोत्सवमा इको प्यानलले आफनो पनि स्टल राखेर सहभागिता जनाएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीहरुलाई आफूहरुको आधुनिक निर्माण सामाग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी गराए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

फेस्टमा निर्माण सम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । साथै सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसिसि घरहरुको समेत विस्तृत जानकारी लिन सकिन्छ । ‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ, आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा लिएको आयोजक स्किल सेवाले जनाएको छ ।
घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौ उपत्यकका नगरपालिकाहरू, वास्तुकलाविद, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक महानुभाबहरुले एउटै छतमुनि घर निर्माण एवं विभिन्न ममत सम्भार सम्वन्धी महत्वपूर्ण पलवारे छल अन्तरकृया गर्नेछन् ।
फेस्टको मूख्य अकर्षणहरू
१ सस्तो घर, बलियो घर, जे गर्छु नेपालमै गर्छु, निर्माण सम्बन्धी मापदण्ड, र निमार्ण सम्बन्धी अत्याधुनिक प्रबिधिको प्रयेग रहेको छ ।

२ यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन, त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिनेछ । ३ महोत्सवले जे गर्छौँ, नेपालमा गर्छौँ विचारलाई व्यवहारमा लागु गर्न मद्दत गर्नेछ ।

तीनदिने महोत्सव शनिबार सकिंदैछ । महोत्सव राजधानीको बुद्धनगरमा भइरहेको छ ।