neapl investment mega bank
  • गृहपृष्ठ
  • सेन्ट पल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

सेन्ट पल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Feb 28th, 2025

ललितपुर, फागुन १६

गाेदावरी नगरपालिका–१२, ठेचाे स्थित सेन्ट पल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि माननीय रघुनाथ महर्जनले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा शुभकामना व्यक्त गरे।

कार्यक्रमका सभापति तथा प्रधानाध्यापक राधेकृष्ण महर्जनले यस वर्षको अभिभावक दिवस विगतभन्दा भिन्न र विशेष रहेको बताए। उनले विद्यालयको नारा “संस्कार सहितको शिक्षा” भएकाले यस कार्यक्रममा सम्मान, जिम्मेवारी, हार्दिकता, धैर्य र राष्ट्रप्रति योगदान दिने भावना समावेश गरिएको उल्लेख गरे। साथै, उनले अध्ययनसँगै विद्यार्थीको व्यक्तित्व विकासमा पनि विद्यालयले ध्यान दिइरहेको जानकारी दिए।

उनका अनुसार २१ औँ शताब्दीमा शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई सीप, संस्कार र प्रविधि सँग जोडिन आवश्यक छ। साथै, मोबाइल फोन बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्ने भएकाले अभिभावकलाई आफ्ना छोराछोरीको अगाडि मोबाइल कम प्रयोग गर्न अनुरोध गरे।

कार्यक्रममा विभिन्न व्यावहारिक तथा जनचेतनामूलक प्रस्तुतीहरू देखाइएका थिए। विद्यार्थीहरूले जनावरको भेषमा तिनकै स्वरमा प्रस्तुति दिए, स्वास्थ्यकर र अस्वास्थ्यकर खानाको असरबारे सचेतना फैलाउने नाटक मञ्चन गरे, वातावरण संरक्षणका लागि वृक्षरोपणको महत्त्व झल्काउने नाटक प्रस्तुत गरे, साथै मोबाइल प्रयोगको दुष्प्रभावबारे जनचेतनामूलक प्रस्तुति दिए।

यस अवसरमा धिमे बाजा, सांस्कृतिक नृत्य तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरियो। विद्यालयका ४० ओटा प्रस्तुतिमा सबै विद्यार्थी सहभागी भएका थिए।