ललितपुर, फागुन १२
ललितपुर महानगरपालिकाले आफ्नै वडाकार्यालय डाजर लगाएर भत्काएको छ । ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको हो ।
लगनखेलस्थित न्हुँ पुखु संरक्षणका लागि सो वडा कार्यालय भत्काइएको हो ।
भवन र सटरहरु हटाएपछि ऐतिहासिक साँस्कृतिक सम्पदा न्हुँ पुखु अव सडकबाटै देखिन्छ भने लगनखेलको पुरातात्विक सम्पदाको ऐतिहासिकता झल्कने भएको छ ।
वडा कार्यालय भत्काउने क्रममा मेयर चिरीबाबु महर्जन समेत उपस्थित थिए ।