neapl investment mega bank
  • गृहपृष्ठ
  • हकप्रद सेयर निष्काशन गर्दै कालिञ्चोक दर्शन

हकप्रद सेयर निष्काशन गर्दै कालिञ्चोक दर्शन

Feb 23rd, 2025

काठमाडौं, फागुन ११

कालिञ्चोक दर्शन लिमिटेडले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले साविकका  सेयरधनीलाई प्रति शेयर रु. १००।– दरमा ६०,००,००० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यस हकप्रद शेयर निष्काशन र बिक्रीको प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिइएको छ। कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे  । 

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।