काठमाडौं, फागुुन ८
ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणको संरचना तोडफोड गरेका छन् । सो स्थान कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडपसमेत भएको छ । एपीएफको टोलीले स्थिति नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।