neapl investment mega bank

गरिबीले बाध्य भएर…

Feb 20th, 2025

गरिबीले बाध्य भएर बिदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवार सबैको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
घरमा बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ

कस्तो भाग्य रहेछ गरिब भएर जन्मिनु पर्ने
साहुको ऋण तिर्न अब कसो गर्ने
आफ्नो सपनालाई मारी गरिबिमा जिउनुपर्ने
आफ्नो खुसी आफै रेटी बाच्नुपर्ने

कहाँ छन गरिबी हटाउछु भन्दै नारा लगाउनेहरु
गरिबलाई आश्वासन दिएर सत्तामा पुग्नेहरु
झुटा आश्वासनले देश बाट गरिबी हटदैन
भ्रष्टाचारको जालो देश बाट किन हटदैन

गरिबीले बाध्य भएर बिदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवार सबैको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
घरमा बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ
लेखक: गोबिन्द राज ओझा (राजन)