काठमाडौं, फागुन ४
हजारौं वर्षदेखि आस्थाको केन्द्र मानिँदै आएको मुक्कुम्लुङमा सरकारले निजी व्यापारीहरूलाई केवलकार निर्माणको अनुमति दिएको विरोधमा स्वदेशी अधिकारवादी तथा आस्थावान समुदाय सशक्त आन्दोलनमा उत्रिएका छन्।
मुक्कुम्लुङमा भइरहेको धार्मिक तथा सांस्कृतिक अतिक्रमण स्वदेशी लिम्बु (याक्थुङ) समुदायको आत्मनिर्णय र स्वशासनमाथि गम्भीर हमला भएको आन्दोलनरत समूहको आरोप छ। नेपाल सरकारले ILO 169 तथा UNDRIP मा हस्ताक्षर गरिसकेको अवस्थामा स्वदेशी जनताको पूर्वजानकारीसहितको सहमति नलिई परियोजना अघि बढाइनु औपनिवेशिक विस्तारवादको प्रमाण भएको उनीहरूको भनाइ छ।
यसैक्रममा, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेतृत्वहरू फागुन ८ गते “मुक्कुम्लुङ बचाउँ पदयात्रा” मा सहभागी हुन यात्रारत रहनेछन्।