neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने अध्यक्ष दाहालको भनाई

राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने अध्यक्ष दाहालको भनाई

Feb 10th, 2025

काठमाडौं, माघ २८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताउनुभएको छ । उहाँले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताउनु भयो ।

उहाँले अध्यादेश राष्ट्रिय सभामा बहुमत पु¥याउन नसक्दा अघि बढ्न नसकेको बताउनु भयो । उहाँले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गर्नुभयो । उहाँले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताउनु भयो । 

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गर्दै प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाउनु भयो । 

ज्योत्सना श्रेष्ठ