neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग

बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग

Feb 7th, 2025

काठमाडौं, माघ २५

नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै बैंकर्स संघहरुले भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका बारेमा गलत र भ्रामक सूचना फैलाउने व्यक्तिहरूको गतिविधि रोक्न कारबाही गर्न आग्रह गरिएको छ।