neapl investment mega bank
  • गृहपृष्ठ
  • नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो

Feb 6th, 2025

काठमाडौं, माघ २४

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३.९७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने २२ करोड ९५ लाखबाट घटेर १९ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । कोषले सेवा तथा कमिसनबाट ८१ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।