neapl investment mega bank
  • गृहपृष्ठ
  • ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

Feb 6th, 2025

काठमाडौं, माघ २४

नौं महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ।

तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसिसी डिटेन्सन केन्द्रमा थिए।

उनीहरू दुवैको उद्धार भइसकेको र शुक्रबार नेपाल ल्याइने गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले जानकारी दिएका छन्।

दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए।