neapl investment mega bank
  • गृहपृष्ठ
  • मानव बेचबिखन कसुरमा कांग्रेस नेता पक्राउ

मानव बेचबिखन कसुरमा कांग्रेस नेता पक्राउ

Feb 5th, 2025

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनाललाई मानब बेचबखिन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

आइतबार पक्राउ परेका खनाल नेपाली कांग्रेसको अछाम जिल्लाको प्रदेश सभा क्षेत्रीय सभापति हुन्। ब्युरोका प्रमुख एसएसपी दीपेन्द्र जिसीका अनुसार उनीविरूद्ध केही समयअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीले खनाललाई काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी क्षेत्रीले दिए ।